ओली भन्छन्- पार्टीका काममा महिलाको सहभागिता बढाऔँ, भ्रष्टाचार कम हुन्छ | Khabarhub Khabarhub

ओली भन्छन्- पार्टीका काममा महिलाको सहभागिता बढाऔँ, भ्रष्टाचार कम हुन्छ


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

एमाले चितवनको नवनिर्वाचित समितिको सपथग्रहण समारोहका अवसरमा आज उनले पार्टी कामलाई पनि महिलाहरूको बीचमा लैजान निर्देशन दिए । उनले भने, ‘महिलाहरूले जिम्मेवारी लिएको ठाउँमा पुरुषको तुलनामा भ्रष्टाचार कम भएको पाइएको छ ।’

फरक प्रसंगमा उनले भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी गरे । उनले भने ‘पौराणिक मान्यता र शास्त्रहरूमा राम माडीमा नै जन्मिएको स्पष्ट छ । धेरै सूचकले यही कुरा देखाउँछ ।’

माडीमा राम मन्दिर बन्ने बताउँदै उहाँले धार्मिक पर्यटक भित्र्याएर माडीलाई मडी बढाउन सकिने उनले बताए। माडी जाने निकुञ्जको बाटो कालोपत्रे हुनुपर्ने भन्दै उनले जङ्गलमा पनि कालोपत्रे गर्न मिल्ने बताए ।

एमालेले मिसन-२०८४ भन्दै आएको चर्चा गर्दै अध्यक्ष ओलीले चितवनका सात वटै पालिका र सबै वडा जित्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए  ।

उनले भने ‘चितवन बनाउने हो भने एमालेलाई जिताउनु पर्छ । वडादेखि पालिका सबै एमालेले जित्नुपर्छ ।’ पार्टीलाई एकताबद्ध, एकजुट र सक्रिय बनाउन निर्देशन दिँदै उनले भने, ‘आन्तरिक सङ्घर्ष होइन, आन्तरिक छलफलबाट पार्टीलाई एकजुट बनाएर अघि बढ्नुपर्छ ।’

 कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, गुरु बराल, चितवन जिल्ला इञ्चार्ज पार्वत गुरुङ, नवनिर्वाचित अध्यक्ष कमल पाठक, निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले धारणा राखेका थिए ।

एमाले चितवनको जिल्ला अधिवेशन यही जेठ १६ गते सम्पन्न भएको थियो । नवनिर्वाचित समितिले आजै सपथग्रहण गरेको छ ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ७ : १४ बजे

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

त्रिपोली– पश्चिमी लिबियाको जाविया तटमा  आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए

न्युयोर्क– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

त्रिशूली– स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर विसर्जनमा समस्या भएको छ। नुवाकोटको

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट