मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने « Khabarhub

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने


२५ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३.०० बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आज गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए।

विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : २१ बजे

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच