रास्वपाका सांसदको कारण राजनीतिमा समस्या आयो : नेता निधि | Khabarhub Khabarhub

रास्वपाका सांसदको कारण राजनीतिमा समस्या आयो : नेता निधि


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रका समस्या समाधान गर्दै आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने गरी तयारीमा लागेको बताएका छन् ।

आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा निधिले पार्टीभित्रको वितृष्णा अन्त्य गर्दै असन्तुष्टि र असहमतिलाई सहज बनाउन देशभर छलफल र भेटघाट अघि बढाएको जानकारी दिए ।

उनले भने, ‘पार्टीभित्रको समस्या समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ ।’ पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारका आधारमा समाधान गर्नुपर्ने उनको धारणा थियो ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको कारण राष्ट्रिय राजनीतिमा समस्या आइरहेको बताए । यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरे पनि त्यो टिक्न नसकेको उनको भनाइ थियो ।

पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री दाहाल त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ७ : ३४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास