तेस्रो कार्यकाल प्रधानमन्त्री पक्का गरेपछि मोदीलाई बाइडेनको बधाई « Khabarhub

तेस्रो कार्यकाल प्रधानमन्त्री पक्का गरेपछि मोदीलाई बाइडेनको बधाई


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्स (साबिकको ट्वीटर) मा पोस्ट गर्दै प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन् ।

राष्ट्रपति बाइडेनले भारत र अमेरिकाबीचको सम्बन्ध अझै उचाइतर्फ गइरहेको भन्दै भविष्यमा यो अझै उच्च हुने अपेक्षा व्यक्त गरेका छन् ।

एक्समा उनले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय लोकतान्त्रिक गठबन्धनलाई विजयका लागि, र झण्डै ६५ लाख मतदातालाई यो ऐतिहासिक चुनावका लागि बधाई छ ।’ उनले अघि लेखेका छन्, ‘हाम्रो राष्ट्रबीचको मित्रता बढ्दै गइरहेको छ, हामी साझा भविष्यको असीमित सम्भावनालाई खोल्न सक्छौँ ।’

मोदीलाई अमेरिकी राष्ट्रपतिसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँ, बेलायती प्रधानमन्त्री ऋषि सुनक, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्य विश्व नेताहरूले पनि बधाई दिएका छन् ।

यसै वर्ष ७ चरणमा भारतमा सम्पन्न आम निर्वाचनको मत परिणामा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले कुल ५४३ मध्ये २ सय ४० सिट जितेको छ भने दोस्रो स्थानको भारतीय कांग्रेस पार्टीले ९९ सिटमा जित हासिल गरेको छ । भारतमा सरकार बनाउन २ सय ७२ सिट आवश्यक पर्छ ।

मोदीले राष्ट्रिय लोकतान्त्रिक गठबन्धनमा सम्मिलित जनता दल (युनाइटेड) र तेलगुदेशम पार्टीसँग मिलेर सरकार बनाउने तयारी गर्दै छन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ७ : ४४ बजे

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।