पाकिस्तानमा पोलियो उन्मुलनमा चुनौती « Khabarhub

पाकिस्तानमा पोलियो उन्मुलनमा चुनौती


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा पोलियो उन्मुलनमा चुनौती देखिएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन र विदेशी दाताहरूको भारी सहयोगका बाबजुद पोलियो उन्मुलन गर्न पाकिस्तानी स्वास्थ्य अधिकारीहरूलाई चुनौती देखिएको छ ।

पाकिस्तानमा पोलियो खोप लगाउने स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा पनि कमी आएको छैन । यसै वर्ष मात्र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पोलियो खोप कार्यक्रममा खटिएका स्वास्थ्यकर्मीमाथि भएका आक्रमणमा परी ११ जना प्रहरीको मृत्यु भएको छ ।

राज्यका राजनीतिक एवम् सैन्य संस्थापनको असहयोगका कारण शीर्ष स्वास्थ्य अधिकारीहरू राजीनामा दिने मनस्थितिमा पुगेको खामा प्रेसले उल्लेख गरेको छ । यस कारण पनि पोलियोविरुद्धको अभियान प्रभावकारी बन्न नसकेको बताइएको छ ।

यसै वर्ष मात्र पाकिस्तानमा ४ जनामा पोलियो रोग देखा परेको छ । त्यसबाहेक पाकिस्तान सरकारले मुलुकमा देखिएका पोलियो रोगको तथ्यांक पनि लुकाउने गरेको बताइन्छ ।

खामा प्रेसमा नोमान होसेन लेख्छन्, ‘अन्तर्राष्ट्रिय बेइज्जती नहोस् भन्नाका लागि पाकिस्तान सरकारले यथार्थ विवरण लुकाउने गरेको कतिपयको आरोप छ ।’

यस्तो अपारदर्शीताले विश्व स्वास्थ्य सुरक्षामा नै गम्भीर चुनौती थपिएको छ । पाकिस्तानभित्रै पनि ५ वर्ष मुनिका बालबालिका दीर्घकालीन अपाङ्गताको सबैभन्दा गम्भीर जोखिममा रहेको देखिएको छ ।

यसबाट पाकिस्तानको भावी पुस्ता, अर्थतन्त्र र समाजमा नै प्रभाव पर्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ८ : ०३ बजे

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०