सम्भवको आरोपबारे गृहमन्त्रीको जवाफ : अब प्रमाण पनि उनैले देखाउलान् « Khabarhub

सम्भवको आरोपबारे गृहमन्त्रीको जवाफ : अब प्रमाण पनि उनैले देखाउलान्


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगीसम्बन्धी समाचार लुकाउन गरेको आग्रह नमान्दा बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको सम्भव सिरोहियाको आरोपबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छोटो प्रतिक्रिया दिएका छन् ।

कान्तिपुर मिडिया ग्रुपका प्रबन्धन निर्देशक सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार लुकाइदिन, नलेखिदिन गृहमन्त्री लामिछानेले गरेको आग्रहलाई बेवास्ता गर्दा आफ्ना बुवालाई थुनिएको शुक्रबार बताएका थिए ।

सम्भवले कान्तिपुरका अध्यक्षसमेत रहेका कैलाश पक्राउबारे गम्भीर आरोप लगाइसकेपछि गृहमन्त्री लामिछानेले त्यसबारेमा जानकारी लिन आफूले नभ्याएको बताएका छन् ।

सिंहदरबारस्थित कृषि समिति गाँजा खुलाउनेबारे भएको छलफलपछि बाहिरिने क्रममा गृहमन्त्रीलाई सम्भवले लगाएको आरोपबारे पत्रकारले जिज्ञासा राखे ।

तर लामिछानेले सम्भवले सबैभन्दा पहिले इन्स्टाग्राममा राखेको उक्त करिब ८ मिनेटको भिडिओ आफूले हेर्न नपाएको प्रतिक्रिया दिएका छन् ।

‘मैले त्यो भिडियो हेर्न भ्याएको छैन, अरुले मलाई त्यसबारे सुनाए’, उनले भने, ‘मेरोबारेमा त्यसो भनिसकेपछि प्रमाण पनि उहाँ (सम्भव) ले नै ल्याइदिनु हुन्छ होला नि !’

बुवा कैलाश सिरोहिया हाजिरी जमानीमा छुटिसकेको दुई सातापछि सम्भवले सहकारी ठगी प्रकरणको समाचार लुकाइदिन र विषय नउठाइदिन गृहमन्त्रीले पटक पटक आग्रह गरेको दाबी गरेका छन् । तर गृहमन्त्रीको आग्रह नमानी समाचार लेखिरहेपछि आफ्ना बुवालाई नागरिकतासम्बन्धी कसुर लगाएर समातिएको जिकिर सम्भवले गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ८ : १८ बजे

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको

कांग्रेसले सरकारलाई भयो-  साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक