देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध « Khabarhub

देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्‍चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानमा भारीदेखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि अति भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि मौसम साधारणतयादेखि पूर्णतया बदली रहने छ ।

महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सबैमा अनुरोध गरेको छ ।

यस्तै, दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई सेवामा समेत आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : ५० बजे

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले

प्रधानमन्त्री बालेनले संसदीय मर्यादा बिर्सेको भन्दै कांग्रेसले माग्यो जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत

अर्थमन्त्रीको जवाफ : संसद्‍मा निदायो भनेछन्, मोबाइलमा म्यासेज हेर्दै थिएँ

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति

प्रतिनिधि सभाको बैठक (लाइभ)

काठमाडौं– प्रतिनिधि सभा बैठक सिंहदरबारमा बसिरहेको छ । सोमबार प्रतिनिधि

कांग्रेसमा १९ केन्द्रीय सदस्य थप्ने गगनको निर्णयमा शेखरको आपत्ति, भने, ‘पार्टी एकतामा झन् ठेस पुग्यो’

काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति गगन थापाले सोमबार गरेको विस्तारप्रति