साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका पूर्वप्रधानमन्त्री रुट « Khabarhub

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका पूर्वप्रधानमन्त्री रुट


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुट यतिबेला चर्चामा छन् ।

निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ ।

१४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा भएका थिए ।

राजा विलेम–अलेक्जेन्डरको अध्यक्षतामा आयोजित समारोहमा शूफले प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । रुटले अब नेटोको नयाँ महासचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रुट साइकल चढेर अफिसबाट निस्किँदै गरेको देखिन्छ । जबकी उनका कर्मचारीहरूले उनलाई हात हल्लाउँदै बिदाइ गरेका छन् ।

रुट प्रधानमन्त्री कार्यालयबाट साइकलमा घर जाँदै गर्दा त्यहाँ उपस्थित सञ्चारकर्मीले उनको फोटो र भिडियो खिचिरहेका थिए ।

करिब डेढ दशक नेदरल्याण्ड्सको नेतृत्व गरेपछि रुटले अब आफ्नो अनुभव ब्रसेल्समा लैजानेछन्, जहाँ उनले यस वर्षको अन्त्यमा नेटोको नयाँ महासचिवको पदभार ग्रहण गर्नेछन् ।

उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) ले गत महिना मार्क रुटलाई महासचिव नियुक्त गरेको थियो । युक्रेनमा युद्ध बढ्दै गएपछि युरोपेली सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण समयमा उनले विश्वको सबैभन्दा ठूलो सैन्य सुरक्षा संगठनको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ११ : ५८ बजे

प्रिमियर लिग : वुल्भ्सको पोस्टमा म्याचेष्टरले गर्‍यो चार गोल

काठमाडौं – प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेष्टर

ला लिगा : ओसासुनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा ओसासुनाले

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा

पहिलो क्वालिफायरमा सन्दीप र दीपेन्द्रको भिडन्त

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लिग चरणका खेलहरु