साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका पूर्वप्रधानमन्त्री रुट « Khabarhub

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका पूर्वप्रधानमन्त्री रुट


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुट यतिबेला चर्चामा छन् ।

निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ ।

१४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा भएका थिए ।

राजा विलेम–अलेक्जेन्डरको अध्यक्षतामा आयोजित समारोहमा शूफले प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । रुटले अब नेटोको नयाँ महासचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रुट साइकल चढेर अफिसबाट निस्किँदै गरेको देखिन्छ । जबकी उनका कर्मचारीहरूले उनलाई हात हल्लाउँदै बिदाइ गरेका छन् ।

रुट प्रधानमन्त्री कार्यालयबाट साइकलमा घर जाँदै गर्दा त्यहाँ उपस्थित सञ्चारकर्मीले उनको फोटो र भिडियो खिचिरहेका थिए ।

करिब डेढ दशक नेदरल्याण्ड्सको नेतृत्व गरेपछि रुटले अब आफ्नो अनुभव ब्रसेल्समा लैजानेछन्, जहाँ उनले यस वर्षको अन्त्यमा नेटोको नयाँ महासचिवको पदभार ग्रहण गर्नेछन् ।

उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) ले गत महिना मार्क रुटलाई महासचिव नियुक्त गरेको थियो । युक्रेनमा युद्ध बढ्दै गएपछि युरोपेली सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण समयमा उनले विश्वको सबैभन्दा ठूलो सैन्य सुरक्षा संगठनको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ११ : ५८ बजे

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज