‘नीलकण्ठ’ को मैथिली अनुवादलाई भारतीय साहित्य अकादमी पुरस्कार « Khabarhub

‘नीलकण्ठ’ को मैथिली अनुवादलाई भारतीय साहित्य अकादमी पुरस्कार



सुनसरी– दार्जिलिङको सेरोफेरोमा लेखिएको ‘नीलकण्ठ’ उपन्यास सन् २०२३ को भारतीय साहित्य अकादमी अनुवाद पुरस्कार हकदार बनेको छ । ‘नीलकण्ठ’ उपन्यासकार मत्स्येन्द्र प्रधानले ३९ वर्षअघि प्रकाशित गरेका थिए ।

नेपाली भाषामा लेखिएको सोही उपन्यासलाई कथाकार तथा नाट्य कलाकार मेनका मल्लिकले मैथिली भाषामा अनुवाद गरेकी हुन्‌ । सोही अनुवादित कृति सन् २०२३ को भारतीय साहित्य अकादमी अनुवाद पुरस्कारका लागि छनोटमा परेको हो ।

‘नीलकण्ठ’ प्रकाशित भएको एक वर्षपछि सन् १९८५ मा साहित्य अकादमी पुरस्करबाट सम्मानित गरिएको थियो । एउटै कृति पहिले नेपालीमा र पछि मैथिलीमा अनुवाद भएपछि पनि भारतीय साहित्य अकादमी पुरस्करबाट सम्मानित हुने सौभाग्य नीलकण्ठले पाएको हो ।

सन् २०१७ देखि २०२१ सम्म अन्य भारतीय भाषाबाट मैथिलीमा अनुवाद गरिएका पुस्तकहरूको उत्कृष्ट अनुवादका लागि ‘नीलकण्ठ’ छनोट भएको हो ।

उपन्यासमा दार्जिलिङ क्षेत्रको सन् १९८० को दशकको परिवेश, समाज र संस्कृतिको चित्रणलाई दार्जिलिङ निवासी प्रधानले ‘नीलकण्ठ’ उपन्यासमार्फत उजागर गरेका छन् । उपन्यासकार प्रधानको जन्म सन् १९३९ मा दार्जिलिङमा भएको थियो ।

अनुवादक मेनका मल्लिकको जन्म पुर्वी नेपालको झापाको ज्यामिडगढीमा भएपनि हाल उनी विहारको बेगूसरायमा बसोबास गरिरहेकी छिन् । मैथिली भाषामा उनका ६ कृतिहरू प्रकाशित छन् । उनी प्रसिद्ध लेखक प्रदीप बिहारीकी जीवनसंगिनी हुन् ।

नीलकण्ठ नेपाली भाषाको सामाजिक उपन्यास हो । यसमा संवेदनशील व्यक्तिले अरूको पीडाको अगाडि आफ्नो समस्या कसरी बिर्सन्छ र दुःख आफैं भोग्छ भन्ने चित्रण गरिएको छ ।

अरूलाई सहयोग गरेको कारण कथाका नायकले आफ्नो परिवार र समाजबाट तिक्तता भोगे पनि आफ्नो विचार र व्यवहारबाट कहिल्यै विचलित हुँदैनन् । आन्तरिक र बाह्य द्वन्द्वको अद्भुत समायोजन ‘नीलकण्ठ’ उपन्यासमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : २९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर