मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट « Khabarhub

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिवासस्थित पानस होटलमा यादवलाई मुख्यमन्त्रीका रुपमा नियुक्ति र शपथ खुवाएपछि सात दल रिट लिएर सर्वोच्च अदालतमा गएका हुन् ।

यादवले नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताए पनि प्रदेश प्रमुख भण्डारीलाई सरकारले सोमबार नै बर्खास्त गरिसकेको छ।

प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दल भएको र सबैभन्दा बढी प्रदेशमा सांसद भएकाले यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री बनाइएको प्रदेश प्रमुख भण्डारीले बताएकी थिइन् ।

तर भण्डारीको पद सोमबार नै गइसकेको छ । यादव मुख्यमन्त्री भएपछि विपक्षी राजनीतिक दल तथा तिनका कार्यकर्ताहरूले मधेस प्रदेश भवनभित्र तोडफोड तथा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

यही प्रकरणमा सात दलका तर्फबाट मुख्यमन्त्रीको पद खारेजीको माग गर्दै ७४ जना प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। उक्त मुद्दा दर्ता भइसकेको छ । अब बुधबार यो मुद्दामा सुनुवाइ हुने गरी पेशी तोकिएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : ११ बजे

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ