सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो ।

पोखरेललाई गए राति ८ बजेतिर गाउँको भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई हरिवनमा सामान्य उपचारपश्चात् वीरगन्जतर्फ लैजानेक्रममा रौतहटको चन्द्रनिगाहपुर पुर्‍याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । मृतक पोखरेलको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरमा नै राखिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : २१ बजे

पहिचान पक्षधर चार पार्टीबीच एकता

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई

जेन-जी र सरकारबीच १० बुँदे सम्झौतामा हस्ताक्षर हुँदै (दस्तावेजसहित)

काठमाडौं- जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच बुधबार सम्झौता पत्रमा