एमालेको दाबी : धारा ७६ (२) बाटै ओली नेतृत्वमा सरकार बन्छ « Khabarhub

एमालेको दाबी : धारा ७६ (२) बाटै ओली नेतृत्वमा सरकार बन्छ


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेकपा एमालेले संविधानको धारा ७२ (२) बमोजिम नै बन्ने केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेको छ ।

नेपाली कांग्रेसपछि एमालेले पनि अबको सरकार संविधानको धारा ७२ (२) बमोजिम नै बन्ने दाबी गरेको हो ।

एमाले संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले सञ्चारकर्मीसँगको कुराकानीमा आगामी सरकार ७६ (२) बमोजिम नै बन्ने आधारहरू प्रस्तुत गरेका छन् ।

‘सर्वोच्च अदालतका नजिरहरू, संवैधानिक र राजनीतिक सबै कारणहरूले ७६ (२) अनुसार नै सरकार बन्छ,’ बर्तौलाले भने, ‘दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार बनानउने भनिसकेपछि त्यो आधारबाट पनि हामी ७६ (२) अनुसार अगाडि बढ्न सक्छौँ ।’

प्रमुख सचेतक बर्तौलाले उक्त धाराअन्तर्गत सरकार बन्ने आधारहरू गण्डकी प्रदेश र कोशी प्रदेशका सरकारहरूलाई देखाएका छन् ।

‘अहिले गण्डकी प्रदेशको सरकार १६८ (२) बमोजिमको सरकार हो । पहिला खगराज अधिकारी नेतृत्वको सरकार १६८ (२) बमोजिमको थियो, अहिलेको सरकार पनि १६८ (२) कै छ,’ उनले भने, ‘कोशीमा १६८ (५) बमोजिम भयो । पछाडि अहिले त्यही धाराबमोजिमको सरकार बन्ने कुराको निरन्तरता रह्यो । सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तका आधारमा मैले यो भनेँ ।’

कांग्रेस ठूलो दल छ भन्ने आधारबाट ७६ (३) को सरकार बन्ने भनेर गरिएको ब्याख्यालाई उनले केवल भम छर्न गरिएको प्रयासमात्रै भनेका छन् ।

‘धारा ७६ (३) बमोजिम बन्छ भन्नु संविधानलाई भ्रमपूर्ण ब्याख्या गर्न खोजिएको विषय हो । नेपालको संविधानको धारा ७६ (२) बमोजिम बनाउन कांग्रेस र एमाले एउटा समझदारी बनाएर जाँदैछौँ भनेको अवस्थामा मुलुकलाई अस्थिरतातर्फ लैजान सकिन्छ कि भन्ने प्रयत्नबाट अर्को तर्क आएको छ,’ उनले भने, ‘त्योभन्दा बाहिर अरु कुनै पनि हिसाबले होइन । अन्य विषय भनेको केवल भ्रम छर्न खोजिएको मात्रै हो ।’

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : ४८ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक