देशभर २५ राजमार्ग अवरुद्ध, ९८ रणनीतिक सडक एकतर्फी | Khabarhub Khabarhub

देशभर २५ राजमार्ग अवरुद्ध, ९८ रणनीतिक सडक एकतर्फी

३६ करोड रुपैयाँभन्दा बढी क्षति


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर बाढी र पहिरोका कारण २७ वटा सडक अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण ठूला तथा साना सडक तथा राजमार्ग/लोकमार्ग अवरुद्ध बनेका हुन् ।

सडक विभागका अनुसार, कुल १९९ वटा सडकखण्ड तथा राजमार्गमध्ये बाढी पहिरोका कारण २५ वटा राजमार्ग अवरुद्ध बनेका हुन्‌ । त्यसमध्ये ९८ वटा राजमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको विभागले जनाएको छ ।

अवरुद्ध हुनेमा अधिकांश ठूला राजमार्ग खण्डका सडक छन् । बाढी र पहिरोका कारण अवरुद्ध हुनेमा कोशी राजमार्गअन्तर्गत संखुवासभाको समाटार, डुम्रे–बेंशीसहर–चामे सडकखण्डमा लमजुङको तिमाङ, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकखण्डअन्तर्गत गुल्मीको कनौटा, सोही करिडोरअन्तर्गत म्याग्दीको बैशंरी र अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारी भन्ने स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएका छन् ।

त्यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गैराथोक, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगनेखोला, कालीकोटको हुल्म, कालिकोटको छेका, कान्तिपथ राजपथअन्तर्गत ललितपुरको कार्कीबास, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको कुडुले, मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको काउछे मनेवा र भेटेडार–रबि–राँके सडकअन्तर्गत धनकुटाको ओख्रे भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको छ ।

त्यस्तैगरी, तानसेन–रिडी–कोरलाअन्र्तगत बागलुङको दब्लाङभीर, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको सुमनाम बेँशी, तानसेन–रिडी–कोरलाअन्तर्गत मुस्ताङको मार्फाखोला, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको चिउरी, मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुर, मध्यपहाडी राजमार्गअन्तर्गत डडेल्धुराको अनारखोली, राप्ती राजमार्गअन्तर्गत सल्यानको डीबी र मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुरलगायतका धेरै स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध पुर्‍याएको छ ।

सडक अवरुद्ध बनेसँगै सवारी सवारीसाधन आवागमन रोकिएको छ । अवरुद्ध सडक खुलाउन विभागले पहल गरिरहेको छ । सडक विभागका अनुसार साना ठूला गरी अन्य २०३ वटा सडकहरु अवरुद्ध बनेका छन् । त्यस्तै, १ बेलिबृज र ४ वटा प्रबलित सिमेन्ट कङ्क्रिट (आरसीसी) पुलमा पनि बाढी र पहिरोका कारण क्षति पुगेको छ ।

विभागका अनुसार, बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा १० करोडका क्षति र पुल भत्किँदा २६ करोडभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : २६ बजे

काठमाडौं महानगरको नगरसभामा बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको