देशभर २५ राजमार्ग अवरुद्ध, ९८ रणनीतिक सडक एकतर्फी « Khabarhub

देशभर २५ राजमार्ग अवरुद्ध, ९८ रणनीतिक सडक एकतर्फी

३६ करोड रुपैयाँभन्दा बढी क्षति


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर बाढी र पहिरोका कारण २७ वटा सडक अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण ठूला तथा साना सडक तथा राजमार्ग/लोकमार्ग अवरुद्ध बनेका हुन् ।

सडक विभागका अनुसार, कुल १९९ वटा सडकखण्ड तथा राजमार्गमध्ये बाढी पहिरोका कारण २५ वटा राजमार्ग अवरुद्ध बनेका हुन्‌ । त्यसमध्ये ९८ वटा राजमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको विभागले जनाएको छ ।

अवरुद्ध हुनेमा अधिकांश ठूला राजमार्ग खण्डका सडक छन् । बाढी र पहिरोका कारण अवरुद्ध हुनेमा कोशी राजमार्गअन्तर्गत संखुवासभाको समाटार, डुम्रे–बेंशीसहर–चामे सडकखण्डमा लमजुङको तिमाङ, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकखण्डअन्तर्गत गुल्मीको कनौटा, सोही करिडोरअन्तर्गत म्याग्दीको बैशंरी र अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारी भन्ने स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएका छन् ।

त्यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गैराथोक, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगनेखोला, कालीकोटको हुल्म, कालिकोटको छेका, कान्तिपथ राजपथअन्तर्गत ललितपुरको कार्कीबास, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको कुडुले, मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको काउछे मनेवा र भेटेडार–रबि–राँके सडकअन्तर्गत धनकुटाको ओख्रे भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको छ ।

त्यस्तैगरी, तानसेन–रिडी–कोरलाअन्र्तगत बागलुङको दब्लाङभीर, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको सुमनाम बेँशी, तानसेन–रिडी–कोरलाअन्तर्गत मुस्ताङको मार्फाखोला, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको चिउरी, मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुर, मध्यपहाडी राजमार्गअन्तर्गत डडेल्धुराको अनारखोली, राप्ती राजमार्गअन्तर्गत सल्यानको डीबी र मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुरलगायतका धेरै स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध पुर्‍याएको छ ।

सडक अवरुद्ध बनेसँगै सवारी सवारीसाधन आवागमन रोकिएको छ । अवरुद्ध सडक खुलाउन विभागले पहल गरिरहेको छ । सडक विभागका अनुसार साना ठूला गरी अन्य २०३ वटा सडकहरु अवरुद्ध बनेका छन् । त्यस्तै, १ बेलिबृज र ४ वटा प्रबलित सिमेन्ट कङ्क्रिट (आरसीसी) पुलमा पनि बाढी र पहिरोका कारण क्षति पुगेको छ ।

विभागका अनुसार, बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा १० करोडका क्षति र पुल भत्किँदा २६ करोडभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : २६ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको