संसदीय व्यवस्थामा दुई ठूला दल मिलेर सरकार बनाउने कुरा नौटंकी मात्रै : झलनाथ खनाल « Khabarhub

संसदीय व्यवस्थामा दुई ठूला दल मिलेर सरकार बनाउने कुरा नौटंकी मात्रै : झलनाथ खनाल


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका नाममा कांग्रेस–एमालेले फजुलको कुरा गरेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले राष्ट्रिय सहमतिको सरकार नितान्त फजुल कुराबाहेक केही नभएको बताएका हुन् ।

कांग्रेस–एमाले मिलेर सरकार बनाउने र केही आफुलाई सुरक्षित गर्नुपर्छ भन्ने पार्टीहरूले साथ दिन सक्ने उनले बताएका छन्।

खनालले संसदीय व्यवस्थामा सामान्यतया बहुमतको सरकार बन्ने गरे पनि कुनै पनि देशका मुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटङ्की जस्तै रहेको बताए ।

उनले नयाँ गठबन्धनमा सहभागी हुने कुनै गुञ्जायस नरहेको स्पष्ट पारे । खनालले ठूला पार्टीका नेताहरुमा रहेका असक्षमता र अयोग्यताका कारण देश अस्थिरताबाट गुज्रिरहेको बताए ।

उनले नयाँ सरकारको आधार स्पष्ट नभइसकेको अवस्थामा संविधान संशोधनको कुरालाई नियालिरहेको बताए । उनले एजेण्डाका आधारमा जोडदार प्रतिक्रिया आउने उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : २३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह