एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण « Khabarhub

एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा  ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ ।

विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।

विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकै दिनमा ३४ लाखको हाराहारीमा सर्वसाधारणलाई एसएमएस पठाएको जानकारी दिए ।

‘बाढीको जोखिम भएका क्षेत्र आसपासमा बस्ने सर्वसाधारणलाई सचेत गराउन हामीले एसएमएस पठाएका हौँ’, उनले भने, ‘सर्वसाधारणको मोबाइलमा एसएमएस पठाएपछि जोखिममा परेका सुरक्षित स्थान जान सक्छन्, जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सचेतना अपनाउन सकिन्छ भनेर एसएमएस पठाउने गरेका छौँ ।’

विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले यस वर्ष विभागले मनसुनजन्य घटना तथा जानकारीसम्बन्धी करिब ९० लाख एसएमएस सर्वसाधारणलाई पठाउने योजना बनाएको जानकारी दिए।

‘प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गर्छौँ, यसले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ’, उनले भने ।

बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धार तथा मद्दत माग्न ११४९ को व्यवस्था गरिएको महानिर्देशक कर्माचार्यले जानकारी दिए । बर्सेनि ९० लाख हाराहारीमा एसएमएस सम्प्रेषण गरेर मनसुनजन्य विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्ने प्रयास गरेका भन्दै यस वर्ष पनि सोही मात्रामा सम्प्रेषण गरिने उनले बताए ।

विभागका महानिर्देशक कर्माचार्यका अनुसार विभागसँगको समन्वयमा नेपाल टेलिकम र एनसेलले बाढीको पूर्वसूचना उपलब्ध गराउन निःशुल्क एसएमएस प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : २० बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको