एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण « Khabarhub

एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा  ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ ।

विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।

विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकै दिनमा ३४ लाखको हाराहारीमा सर्वसाधारणलाई एसएमएस पठाएको जानकारी दिए ।

‘बाढीको जोखिम भएका क्षेत्र आसपासमा बस्ने सर्वसाधारणलाई सचेत गराउन हामीले एसएमएस पठाएका हौँ’, उनले भने, ‘सर्वसाधारणको मोबाइलमा एसएमएस पठाएपछि जोखिममा परेका सुरक्षित स्थान जान सक्छन्, जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सचेतना अपनाउन सकिन्छ भनेर एसएमएस पठाउने गरेका छौँ ।’

विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले यस वर्ष विभागले मनसुनजन्य घटना तथा जानकारीसम्बन्धी करिब ९० लाख एसएमएस सर्वसाधारणलाई पठाउने योजना बनाएको जानकारी दिए।

‘प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गर्छौँ, यसले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ’, उनले भने ।

बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धार तथा मद्दत माग्न ११४९ को व्यवस्था गरिएको महानिर्देशक कर्माचार्यले जानकारी दिए । बर्सेनि ९० लाख हाराहारीमा एसएमएस सम्प्रेषण गरेर मनसुनजन्य विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्ने प्रयास गरेका भन्दै यस वर्ष पनि सोही मात्रामा सम्प्रेषण गरिने उनले बताए ।

विभागका महानिर्देशक कर्माचार्यका अनुसार विभागसँगको समन्वयमा नेपाल टेलिकम र एनसेलले बाढीको पूर्वसूचना उपलब्ध गराउन निःशुल्क एसएमएस प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : २० बजे

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले

कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता-कार्यकर्ताहरूला आगामी फागुन

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको