'घर घरज्वाइँ’ को गीत ’यानीमाया’ सार्वजनिक  | Khabarhub Khabarhub

‘घर घरज्वाइँ’ को गीत ’यानीमाया’ सार्वजनिक 


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘घर घरज्वाइँ’ को दोस्रो गीत ’यानीमाया’ सार्वजनिक भएको छ । यस गीतमा फिल्मका मुख्य कलाकारलाई नै स्थान दिइएको छ ।

गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत र स्वर रहेको छ । यही गीतको रिदममा सिनेमाको ब्याग्राउन्ड म्युजिक तयार गरिएको निर्देशकले अनिलब‌ूढा मगरले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए ।

‘घर घरज्वाइँ’बाटै मगरले फिल्म निर्देशनमा डेब्यू गरेका हुन् । उनैले यो कथा लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा  उनलाई विनोद खतिवडा र सुभाष कोइराला सघाएका छन् ।

जीएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

पूर्वी रुकुम आसपासमा यसको छायांकन गरिएको छ । सिनेमामा दयाहाङ र मिरुना मगरसहित , बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

फिल्मको प्रदर्शन मिति असार २८ गते तोकिएको छ ।

गीत हेर्नुहोस्:

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : ५६ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ