बाढी-पहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो « Khabarhub

बाढी-पहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ ।

गत जेठ अन्तिमयताको विवरणअनुसार बाढी, पहिरोबाट ४८ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ सहित ४८ जनाको मृत्यु भएको हो ।

बाढी र पहिरोमा परेर काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्‍चिम प्रदेशमा १ सहित ५४ जना घाइते भएका छन् ।

बाढी-पहिरोमा परेकामध्ये कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ ।

बाढी-पहिरोबाट कोशी प्रदेशमा ३ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी ७ जना बेपत्ता भएका छन् ।

बाढीका कारण जम्मा १ सय २१ घर डुबानमा परेका छन् । ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

१ सय ८८ वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार ५८ घर परिवार विस्थापित भएका छन् ।

बाढी पहिरोको जोखिमका जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : २० बजे

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी