तनहुँकी किशोरीलाई पोखरामा बन्धक बनाएर बलात्कार, भारतीयसहित दुईजना पक्राउ « Khabarhub

तनहुँकी किशोरीलाई पोखरामा बन्धक बनाएर बलात्कार, भारतीयसहित दुईजना पक्राउ


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

कास्की- तनहुँकी एकजना नाबालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ।

अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताएका छन् ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका-१० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका-११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारतको बिहार प्रदेश सीतामढी डुमरा थाना सुरसड पक्ष्मी-१ सुरसड गाउँका १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार छन् । घर यी भारतीय नागरिक सुनिल कुमार पनि पोखरा महानगरपालिका-११ रानीपौवामा बस्दै आएका थिए ।

उनीहरूले गत असार १७ गते बिहान तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुबाट नाबालिकालाई फकाएर उठाएका पनि प्रनाउ शर्माले बताए ।

उनलाई ग.८ प ४२८० नम्बरको मोटरसाइकलमा राखेर पोखरा महानगरपालिका-११ रानीपौवास्थित उनीहरूको कोठामा बन्धक बनाएको शर्माले जनाएका छन् ।

त्यसपछि ती नाबालिकालाई दुवैजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । नाबालिकालाई बन्धक बनाएर बलात्कारपछि पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा महानगरपालिका-३० पावरहाउसबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूविरूद्ध कास्की जिल्ला अदालतबाट अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा ८ दिन म्याद लिएर अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : ३० बजे

भन्सार शुल्कमार्फत अमेरिकी व्यापार नीतिमा परिवर्तनको प्रयास

एजेन्सी– सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर