सार्क महासचिव र भुटानी नरेशबीच भेट, सार्कका गतिविधि र आगामी योजना बारे छलफल  « Khabarhub

सार्क महासचिव र भुटानी नरेशबीच भेट, सार्कका गतिविधि र आगामी योजना बारे छलफल 


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गोलाम सरवारले भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङचुकसँग शिष्टाचार भेट गरेका छन् । हालै भुटानमा भएको उक्त भेटमा उनीहरुबीच सार्कका गतिविधि र आगामी योजनाका सम्बन्धमा छलफल भएको सार्क सचिवालयले जनाएको छ ।

सार्कको नयाँ महासचिवमा सरवारको भूमिकाको प्रशंसा गर्दै भुटानी नरेशले सार्कलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा उनीहरुबीच सार्क क्षेत्रका जनताको बृहत्तर समृद्धिका लागि गरिएको परिकल्पनालाई साकार बनाउन र उद्देश्य प्राप्तिका दिशामा सार्कलाई अघि बढाउने बारेमा विचार आदानप्रदान गरेको सचिवालयले जनाएको छ ।

यही असार १८ देखि २२ गतेसम्म गर्नुभएको भुटान भ्रमणका क्रममा महासचिव सरवारले सार्क विकास कोष (एसडिएफ) को सचिवालयको अवलोकन गरी सार्कका आठ वटै सदस्य राष्ट्रमा एसडिएफका आयोजनामा आधारित गतिविधिका बारेमा पनि छलफल गरेको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : ३६ बजे

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख