बजेट संशोधनको माग गर्दै जसपा नेपालद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध « Khabarhub

बजेट संशोधनको माग गर्दै जसपा नेपालद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

जनकपुर– आगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

आजको बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची रहे पनि बैठक सुरू हुनासाथ जसपा नेपालका तर्फबाट प्रदेशसभा सदस्य राजुप्रसाद गुप्ताले असार १६ गते मुख्यमन्त्रीलाई बुझाइएका तीन बुँदे मागका बारेमा सरकारको आधिकारिक धारणा माग गरे ।

उनले बजेट संशोधनका लागि ध्यानाकर्षण पत्र बुझाउँदासमेत अहिलेसम्म सम्बोधन नभएकाले बैठक चल्न नदिने बताए ।

सभामुख रामचन्द्र मण्डलले गत शुक्रबारको बैठक अवरुद्धपछि विनियोजन विधेयक-२०८१ संशोधन गर्ने सहमति भइसकेकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

सांसद गुप्ताले बजेट संशोधनबारे छलफलपछि मात्रै बजेटबारे थप प्रक्रिया अगाडि बढ्ने बताएपछि जसपाका सबै सांसदहरूले उठेर अवरोध जारी राखे ।

त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरे  ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : ४२ बजे

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको

नारायणगोपाल चोक–चप्पल कारखाना सडकखण्ड निर्माण सम्पन्न

काठमाडौं – राजधानीको चक्रपथअन्तर्गत पर्ने नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको करिब

दाङमा अतिक्रमण गरी बनाइएका संरचना हटाइने

दाङ– सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा