कर्णालीमा अझै टरेन खतरा, अन्य ठूला नदीको बहाव विस्तारै घट्दै « Khabarhub

कर्णालीमा अझै टरेन खतरा, अन्य ठूला नदीको बहाव विस्तारै घट्दै


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको मनसुनी वर्षाका कारण बढेको जल सतहका कारण देशकै लामो नदी कर्णालीमा उच्च खतरा कायमै छ ।

डोटीको ठूलीगाढमा कर्णालीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले ठूलीगाड जलमापन केन्द्रमा कर्णाली नदी खतराको तहमाथि रहेको जनाएको छ ।

जहाँ निर्धारित खतराको तह ६.५ मिटर निर्धारण गरिएको छ । तर, आइतबार अपरान्ह पौने ६ बजेसम्म पनि ठूलीगाड जलमापन केन्द्रमा कर्णालीको जल सतह ८.७६ मिटरमा छ ।

कर्णाली नदीको बहाव बढिरहेकाले अझै पनि खतरा उच्च रहेको विभागले जनाएको छ । उक्त स्थानमा कर्णालीको सतर्कता तह ५.५ मिटर छ ।

तर अन्य नदीमा भने पानीको बहाव विस्तारै ओरालो लाग्दै गएको छ । महाकालीमा पनि पानीको बहाव ओरालिन थालेको छ ।

पारीगाउँ मापन केन्द्रमा अहिले पानीको बहाव ६.६७ मिटर छ।  जहाँ सतर्कताको तह ५.८० मिटर हो । यहाँ पानीको बहाव अहिले स्थिर रहे पनि खतरा टरिनसकेको विभागले जनाएको छ ।

यता  नारायणी नदीमा पनि पानीको बहाव स्थिर छ । नारायणीको देवघाट मापन केन्द्रमा अहिले पानीको बहाव ७.५६ मिटरमा छ । यहाँ सतर्कता तह ७.३ मिटर हो । नारायणीमा खतराको तह पानी ९ मिटरमा पुगेपछि मानिन्छ । अहिले यहाँ पनि पानीको बहाव स्थिर रहेको विभागले जनाएको छ । तर खतरा भने अझै टरिसकेको छैन ।

नारायणीको सहायक नदी रुद्रबेनी (गुल्मी) पनि अझै सतर्कता तहमाथि नै छ । रूद्रबेनीमा अहिले पानीको बहाव ३.८६ मिटरमा रहेको छ । यो नदीमा पानीको बहाव स्थिर रहे पनि खतराको जोखिम कायमै रहेको विभागले उल्लेख गरेको छ ।

सप्तकोशीमा पनि पानीको बहाव स्थिर रहेको विभागले जनाएको छ । सप्तकोशीमा आइतबार बिहान ५६ वटै ढोका खोलिएको थियो। तर त्यहाँ पनि अहिले पानी चेतावनी तहबाट तल रहेको विभागले जानकारी दिएको छ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : ०५ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान