कांग्रेस-एमालेलाई वर्षमानको प्रश्न : भ्रष्टाचारका फाइल खोल्न थालेपछि किन आत्तिनुभयो ? | Khabarhub Khabarhub

कांग्रेस-एमालेलाई वर्षमानको प्रश्न : भ्रष्टाचारका फाइल खोल्न थालेपछि किन आत्तिनुभयो ?


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बताएका छन् ।

अर्थमन्त्रीसमेत रहेका पुनले प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत लिन मिति तोकिएको अवस्थामा कांग्रेस र एमालेले दबाब दिएकै कारण राजीनामा नदिने बताए।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकबाट बाहिरिने क्रममा उनले दुई ठूला दल मिलेर संविधान संशोधन गर्न खोजेको हल्लाबारे प्रधानमन्त्री दाहालले सदनमा सोध्ने पनि बताए ।

माओवादी पनि संविधानको स्टेकहोल्डर रहेको बताउँदै पुनले आफूहरूलाई बाहिर राखेर किन संशोधन गर्न खोजिएको हो ? भनेर सोधे ।

अर्थमन्त्री पुनले कांग्रेस र एमाले गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भए त्यो स्वीकार्न नसकिने बताए ।

सरकारले सुशासनको पक्षमा चालिएको कदमबाट कांग्रेस र एमाले आत्तिएको पनि उनले आरोप लगाए ।

‘सुशासनको पक्षमा काम गर्न ठूला फाइल खाल्न सुरु गर्दा किन आत्तिनु भयो ?’, उनले भने, ‘कांग्रेस–एमाले भ्रष्टाचारीको पक्ष र सुशासनको विपक्षमा हो भन्ने प्रश्न गर्छौँ । उपयुक्त जवाफ आए स्वीकार्छौं । ढुक्क हुनुस्, यो सरकारले अनैतिक काममा हात हाल्दैन ।’

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : १८ बजे

विमानस्थलकै डिलमा भयावह दुर्घटना, २५ तस्बिरहरु

काठमाडौं- नेपालमा जहाज र बस दुर्घटना भयावह बन्दै गएको छ

विमान दुर्घटनास्थलमा प्रधानमन्त्री ओली, कारण बुझ्न अधिकारीहरूलाई निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको

सौर्य एयरको विमान दुर्घटनापछि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौ‌ं– सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिवि शिक्षण अस्पतालमा जहाज दुर्घटनाका १८ शव

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव

देउवाले भने जहाजहरूको परीक्षण र अनुगमनलाई कडा बनाऊँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग हवाई सुरक्षा प्रभावकारी