कांग्रेस-एमालेलाई वर्षमानको प्रश्न : भ्रष्टाचारका फाइल खोल्न थालेपछि किन आत्तिनुभयो ? « Khabarhub

कांग्रेस-एमालेलाई वर्षमानको प्रश्न : भ्रष्टाचारका फाइल खोल्न थालेपछि किन आत्तिनुभयो ?


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बताएका छन् ।

अर्थमन्त्रीसमेत रहेका पुनले प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत लिन मिति तोकिएको अवस्थामा कांग्रेस र एमालेले दबाब दिएकै कारण राजीनामा नदिने बताए।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकबाट बाहिरिने क्रममा उनले दुई ठूला दल मिलेर संविधान संशोधन गर्न खोजेको हल्लाबारे प्रधानमन्त्री दाहालले सदनमा सोध्ने पनि बताए ।

माओवादी पनि संविधानको स्टेकहोल्डर रहेको बताउँदै पुनले आफूहरूलाई बाहिर राखेर किन संशोधन गर्न खोजिएको हो ? भनेर सोधे ।

अर्थमन्त्री पुनले कांग्रेस र एमाले गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भए त्यो स्वीकार्न नसकिने बताए ।

सरकारले सुशासनको पक्षमा चालिएको कदमबाट कांग्रेस र एमाले आत्तिएको पनि उनले आरोप लगाए ।

‘सुशासनको पक्षमा काम गर्न ठूला फाइल खाल्न सुरु गर्दा किन आत्तिनु भयो ?’, उनले भने, ‘कांग्रेस–एमाले भ्रष्टाचारीको पक्ष र सुशासनको विपक्षमा हो भन्ने प्रश्न गर्छौँ । उपयुक्त जवाफ आए स्वीकार्छौं । ढुक्क हुनुस्, यो सरकारले अनैतिक काममा हात हाल्दैन ।’

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : १८ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन