मुगुमा एसएलआर र पेस्तोल देखाएर लुट आतंक, गिरोहका तीनजना समातिए « Khabarhub

मुगुमा एसएलआर र पेस्तोल देखाएर लुट आतंक, गिरोहका तीनजना समातिए


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

मुगु- जिल्लाका गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना हतियारसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा छन् ।

जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेखनजिकको पाटनबाट हतियारसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट तीन जनाको संलग्नता देखिएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

घटनामा संलग्न अन्य पाँच जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको उनले बताएका छन् ।

गत जेठ १४ गते कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएको मौकामा आठ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थियो ।

लुटेरा समूहले गाउँका २४ घर र एक गुम्बाबाट ३५ तोला सुन, नौ सय ९४ तोलाभन्दा बढी चाँदी, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, ९५ तोला मुगाको माला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको भनेर स्थानीयले उजरी गरेका थिए ।

घटनाको एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउण्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट सेनाको पोशाक पनि बरामद गरिएको छ । यस्तै, सुनको रिङ्ग दुई थान, सुनकै माडुली दुई थान ( बिक्री गरेर पश्चात जुम्ला प्रहरीमार्फत बरामद गरेको छ ।

प्रहरीका अनुसार तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनमा पुगी यस समूहले यार्सा सङ्कलन तथा व्यापारीबाट यार्सागुम्बा लुट्दै आएको थियो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : ३२ बजे

प्रतिनिधिसभा निर्वाचन : अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन

अमेरिकी-इजरायली आक्रमणविरूद्ध इरानी नागरिकको प्रदर्शन

तेहरान- आफ्नो देशमा आक्रमण गरिएपछि त्यहाँका नागरिकले इरानको राजधानी तेहरानसहितका

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

काठमाडौं – नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा

इरानी जनरलले भने : वर्षौँसम्म लड्न तयार, सर्वोच्च नेता खामेनेई अहिलेसम्म सुरक्षित

तेहरान- इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईरजीसी) का जनरल इब्राहिम

दुबईमा बुर्ज खलिफा खाली गराइयो, इरानको दक्षिण भागमा कम्तीमा ७० जना मारिए

यूएई- दुबईको प्रसिद्ध तथा विश्वकै सबैभन्दा अग्लो भवनलाई विस्फोटको आवाजपछि