विपदमा सक्रियताका साथ काम गरेको भन्दै रास्वपाद्वारा गृह प्रशासनको सराहना | Khabarhub Khabarhub

विपदमा सक्रियताका साथ काम गरेको भन्दै रास्वपाद्वारा गृह प्रशासनको सराहना


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी पहिरो तथा विपद् प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा गृह प्रशासनले सराहना योग्य काम गरेको बताएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले विभिन्न क्षेत्रका प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गरेको व्यापक पूर्वतयारी एवम् हालका पहलहरुको सराहना गरेको हो ।

कार्यवहाक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘केही दिनदेखि देशका विभिन्न भागमा लगातार परिरहेको अविरल वर्षाको प्रभावका कारण आएको बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति हुनुका साथै आम नागरिकले कष्टकर परिस्थितिको सामना गर्न परिरहेको छ । तर, सबै प्रकोप प्रभावित स्थानहरूमा सरकारी संयन्त्रको पहलकदमी अभाव हुनसक्नेतर्फ रास्वपा सचेत रही सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौं ।’

साथै बाढीपहिरोबाट प्रभावितहरुको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न पनि रास्वपाले अपील गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : २१ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास