आर्थिक

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

By खबरहब

August 07, 2024

काठमाडौं –आज २०८१ साल साउन २३ गते बुधबार सन् २०२४ अगष्ट ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बुधबारबार अमेरिकी डलर र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४६ रुपैयाँ १९ पैसा र बिक्री दर १४६ रुपैयाँ ८५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ २४ पैसा र बिक्री दर १७१ रुपैयाँ शून्य पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?