आज यी प्रदेशमा हुनेछ अति ठूलो वर्षा, सतर्क रहन अनुरोध « Khabarhub

आज यी प्रदेशमा हुनेछ अति ठूलो वर्षा, सतर्क रहन अनुरोध


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ ।

महाशाखाका अनुसार अहिले देशभर साधरणतया बदली रहेको छ। बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बदली रहने छ। मुलुकका अधिकांश प्रधेशका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति ठूलो वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा बागमती, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : १७ बजे

सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले

धराशायी विराटनगरको इनिङलाई जोगाउने फाफ डु प्लेसीको प्रयास जारी

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले

एमाले ओलीको ‘प्राइभेट कम्पनी’ होइन, यस पटक नेतृत्व फेर्छौँ : कर्ण थापा

काठमाडौं- नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीका कडा आलोचकका

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीसँग पाँच लाख र मुरारी भण्डारीसँग एक लाख धरौटी माग

काठमाडौं- पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा गैरकानुनी लाभ दिई राज्यलाई