टीआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै « Khabarhub

टीआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइने भएको छ ।

विधेयकमा सहमति जुटाउन गठित कार्यदलले आज बिहान ११ बजे मुख्य दलका शीर्ष नेताहरुलाई संयुक्त रुपमा प्रतिवेदन बुझाउन लागेको हो ।

सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्षपछि प्रमुख तीन ठूला दलहरू द्वन्द्वकालीन हिंसाका घटनालाई सम्बोधन गर्ने विधिमा सहमत भएका छन् ।

कार्यदल सदस्य महेश बर्तौलाले सहमतिको लिखित प्रतिवेदन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउन लागिएको जानकारी दिए ।

शीर्ष नेताहरुले प्रतिवेदन अध्ययन गरेपछि थप छलफल गर्नुपर्ने विषयमा तीन शीर्ष नेताले टुंगो लगाउने छन् ।

विधेयकमा नमिलेका विषयमा सहमति जुटाउन कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।

 

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : ०१ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर