इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता « Khabarhub

इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ ।

इस्माइल हानियाको तेहरानमा हत्या भएपछि सिनवारलाई नयाँ नेता चयन गरिएको हो । २०१७ देखि, सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका छन र अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ ।

बिबिसीका अनुसार हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको छ ।

इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि बदला लिने बताइरहेका बेला हमासले आफ्नो नयाँ नेता छानेको छ ।

इरान र उसका सहयोगीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहराएका छन् भने इजरायलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इस्माइल हानियाको मृत्युबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ११ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०