सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा « Khabarhub

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाल्पा– गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउने छन् ।

घरबाट अस्पतालसम्म र अस्पतालबाट घरसम्म सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताए । चालु आर्थिक वर्षदेखि यस्तो व्यवस्था भएको हो । सुत्केरीलाई तीसवटा अण्डा पनि दिइने स्वास्थ्यचौकीले जनाएको छ ।

यातायातको अभाव तथा आर्थिक समस्याले गर्भवतीलाई स्वास्थ्य संस्थामा पुग्न कठिन नहोस् भन्ने उद्देश्यले स्वास्थ्यचौकीलाई एम्बुलेन्स उपलब्ध गराएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ०६ बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको