चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप | Khabarhub Khabarhub

चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित  केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ । केन्द्रले विगत दुई वर्षदेखि उक्त सेवा प्रदान गर्दै आएको थियो । 

यसका लागि चन्द्रागिरि नगरपालिका र रक्त सञ्चार सेवा केन्दबीचको द्विपक्षीय सम्झौता थप गरिएको छ । नगर प्रमुख घनश्याम गिरी र केन्द्रका निर्देशक पवनकुमार गुप्ताले  द्विपक्षीय सम्झौतापत्रमा हालै हस्ताक्षर गरेका छन् । 

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि उपस्थिति  थियो ।  उक्त सम्झौताअनुसार चन्द्रागिरिवासीले आवश्यकता पर्दा नेपाल रेडक्रसको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका शाखाअन्तर्गत सञ्चालित  रक्त सञ्चार सेवा केन्द्रमार्फत पनि  निःशुल्क रगतको सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । 

गत दुई वर्षमा करिब दुई सय नगरवासीले उक्त निःशुल्क रगतको सुविधा प्राप्त गरेका थिए ।  यसैगरी  नगरपालिकाअन्तर्गत सामाजिक सङ्घसंस्था, क्लब वा समूहले नेपाल रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गर्दा नगरपालिकाले उक्त संस्थालाई  कार्यक्रम संयोजनबापत प्रतिरक्तदाता दुई सय पनि उपलब्ध गराउने छ । 

नगरपालिकाले नेपाल रेडक्रससँगै मेट्रो रक्त सञ्चार सेवासँग पनि नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ । नगरवासीलाई आवश्यकता पर्दा यी दुई निकायहरूबाट आवश्यकता परेका समयमा निःशुल्क रगतको सुविधा लिन नगर प्रमुख गिरीले उक्त कार्यक्रममार्फत आह्वान गरेका छन् । 

उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सबै नगरवासीसमक्ष पुर्‍याउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत अर्यालले सम्झौतासँगै निःशुल्क रगत प्राप्तिका लागि थप सहज हुने विश्वास व्यक्त गरे । निःशुल्क रगतसम्बन्धी थप जानकारीका लागि नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिने शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले जानकारी दिए । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : १९ बजे

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका