सन्नी लियोनीको गुनासो- अझै ‘पोर्न स्टार’को ट्याग दिनु आर्श्चयजनक « Khabarhub

सन्नी लियोनीको गुनासो- अझै ‘पोर्न स्टार’को ट्याग दिनु आर्श्चयजनक


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन्नी लियोनीले ‘पोर्न’ भिडियो खेल्न छोडेको १५ वर्ष भइसक्यो । उनले सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘जिस्म २’बाट ठूलो पर्दामा डेब्यू गरेकी थिइन् ।

सन्नीका अनुसार उनी नयाँ परिचयका लागि ‘पोर्न फिल्म’बाट टाढिएर बलिउडमा आएकी हुन् ।

यस अवधिमा उनले आफूलाई सफल नायिकाका रुपमा स्थापित गरिसकेकी छन् । उनी आधा दर्जनभन्दा बढी हिन्दी फिल्म र केही टेलिभिजन शोमा निर्णायकको भूमिकामा देखिएकी छन् । अर्थात् बलिउडमा सन्नीको उपस्थिति अब बलियो भइसकेको छ ।

बलिउडमा जमेको लामो समय हुँदा पुरानो कामलाई लिएर ‘पोर्न स्टार’को ट्याग लगाउनु आफ्ना लागि आश्चर्यजनक भएको उनले बताएकी छन् ।

उक्त ट्यागबाट आफू टाढै रहन चाहेको उनले बताएकी छन् । भन्छिन्, ‘यो कुराले मलाई सताउँछ, तर म आफूलाई अगाडि बढाउने प्रयास गरिरहेकी छु।’

गलाटा इन्डियासँगको कुराकानीमा उनले दशकभन्दा पूरानो कामलाई लिएर अझै ‘पोर्न स्टार’को ट्याग लगाइदिनु चिन्ताजनक रहेको बताइन् ।

उनी थप्छिन्, ‘अब एडल्ट इन्डस्ट्रीको हिस्सा म छैन । डेढ दशक नै भइसक्यो । तर मानिसहरूले अझै पनि मलाई जोडेर यसबारे चर्चा गर्नु अचम्मको कुरा हो ।’

सुरुवाती दिनमा उक्त ट्याग लाग्नु सामान्य भए पनि अहिलेको अवस्थामा त्यही कुरा उचित नहुने उनको तर्क छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ३० बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष