सन्नी लियोनीको गुनासो- अझै ‘पोर्न स्टार’को ट्याग दिनु आर्श्चयजनक « Khabarhub

सन्नी लियोनीको गुनासो- अझै ‘पोर्न स्टार’को ट्याग दिनु आर्श्चयजनक


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन्नी लियोनीले ‘पोर्न’ भिडियो खेल्न छोडेको १५ वर्ष भइसक्यो । उनले सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘जिस्म २’बाट ठूलो पर्दामा डेब्यू गरेकी थिइन् ।

सन्नीका अनुसार उनी नयाँ परिचयका लागि ‘पोर्न फिल्म’बाट टाढिएर बलिउडमा आएकी हुन् ।

यस अवधिमा उनले आफूलाई सफल नायिकाका रुपमा स्थापित गरिसकेकी छन् । उनी आधा दर्जनभन्दा बढी हिन्दी फिल्म र केही टेलिभिजन शोमा निर्णायकको भूमिकामा देखिएकी छन् । अर्थात् बलिउडमा सन्नीको उपस्थिति अब बलियो भइसकेको छ ।

बलिउडमा जमेको लामो समय हुँदा पुरानो कामलाई लिएर ‘पोर्न स्टार’को ट्याग लगाउनु आफ्ना लागि आश्चर्यजनक भएको उनले बताएकी छन् ।

उक्त ट्यागबाट आफू टाढै रहन चाहेको उनले बताएकी छन् । भन्छिन्, ‘यो कुराले मलाई सताउँछ, तर म आफूलाई अगाडि बढाउने प्रयास गरिरहेकी छु।’

गलाटा इन्डियासँगको कुराकानीमा उनले दशकभन्दा पूरानो कामलाई लिएर अझै ‘पोर्न स्टार’को ट्याग लगाइदिनु चिन्ताजनक रहेको बताइन् ।

उनी थप्छिन्, ‘अब एडल्ट इन्डस्ट्रीको हिस्सा म छैन । डेढ दशक नै भइसक्यो । तर मानिसहरूले अझै पनि मलाई जोडेर यसबारे चर्चा गर्नु अचम्मको कुरा हो ।’

सुरुवाती दिनमा उक्त ट्याग लाग्नु सामान्य भए पनि अहिलेको अवस्थामा त्यही कुरा उचित नहुने उनको तर्क छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ३० बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ