मोहन बैद्यको पुरातनवादी चिन्तनले अलग्गिनुपर्‍यो : धर्मेन्द्र बास्तोला « Khabarhub

मोहन बैद्यको पुरातनवादी चिन्तनले अलग्गिनुपर्‍यो : धर्मेन्द्र बास्तोला


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी( बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले मोहन बैद्यमा पुरातनवादी चिन्तन देखिएकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीसंगको एकता असफल भएको बताएका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बास्तोलाले एकताका क्रममा संकिर्णवादी, पुरातनवादी रुझान देखा परेकाले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसंगको एकता असफल भएको बताएका हुन् ।

पुराना मान्यताको खारेजी गर्नु तथा राजनीतिक कार्यदिशा र कार्यनीतिमा व्यापक रूपान्तरण गर्ने लक्ष्यका साथ पार्टी एकता गरेपनि एकताको प्रारम्भिक दिनहरूबाट बैद्यबाट सहमति उलंघनको कार्य सुरु भएको उनले आरोप लगाए ।

उनले अहिलेका लागि पार्टी एकता असफल भएपनि पुराना प्रवृतिलाई सच्चाइएको अवस्थामा पुनः एकताका लागि आफूहरू खुल्ला रहेको स्पष्ट पारे ।

उनले आफ्नो पार्टीले संगठनात्मक पुनर्गठन, राजनीतिक पुनर्गठन, आन्दोलन, चिन्तन प्रणाली र संस्कृतिमा पुनर्गठनको अभियान संचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

त्यस्तै नेकपा बहुमतले आगामी पौष ११ गते माओ दिवसको सन्दर्भ पारेर नर्वौ महाधिवेशनको मिति निर्धारण गर्दै ५ हजार ५ सय ५५ स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको जनाएको छ । 

यता क्रान्तिकारी कम्युनिस्ट पार्टीले भने पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको भन्दै धर्मेन्द्र बास्तोला लगायतका नेताहरूलाई निष्कासन नै गरिसकेको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ५१ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना