मोहन बैद्यको पुरातनवादी चिन्तनले अलग्गिनुपर्‍यो : धर्मेन्द्र बास्तोला « Khabarhub

मोहन बैद्यको पुरातनवादी चिन्तनले अलग्गिनुपर्‍यो : धर्मेन्द्र बास्तोला


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी( बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले मोहन बैद्यमा पुरातनवादी चिन्तन देखिएकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीसंगको एकता असफल भएको बताएका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बास्तोलाले एकताका क्रममा संकिर्णवादी, पुरातनवादी रुझान देखा परेकाले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसंगको एकता असफल भएको बताएका हुन् ।

पुराना मान्यताको खारेजी गर्नु तथा राजनीतिक कार्यदिशा र कार्यनीतिमा व्यापक रूपान्तरण गर्ने लक्ष्यका साथ पार्टी एकता गरेपनि एकताको प्रारम्भिक दिनहरूबाट बैद्यबाट सहमति उलंघनको कार्य सुरु भएको उनले आरोप लगाए ।

उनले अहिलेका लागि पार्टी एकता असफल भएपनि पुराना प्रवृतिलाई सच्चाइएको अवस्थामा पुनः एकताका लागि आफूहरू खुल्ला रहेको स्पष्ट पारे ।

उनले आफ्नो पार्टीले संगठनात्मक पुनर्गठन, राजनीतिक पुनर्गठन, आन्दोलन, चिन्तन प्रणाली र संस्कृतिमा पुनर्गठनको अभियान संचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

त्यस्तै नेकपा बहुमतले आगामी पौष ११ गते माओ दिवसको सन्दर्भ पारेर नर्वौ महाधिवेशनको मिति निर्धारण गर्दै ५ हजार ५ सय ५५ स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको जनाएको छ । 

यता क्रान्तिकारी कम्युनिस्ट पार्टीले भने पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको भन्दै धर्मेन्द्र बास्तोला लगायतका नेताहरूलाई निष्कासन नै गरिसकेको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ५१ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु