नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, प्रहरी पुग्दै « Khabarhub

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, प्रहरी पुग्दै


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


62.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ।

दुर्घटनास्थलमा हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएपछि अहिले प्रहरी त्यहाँ पुग्दैछ ।

शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटनामा परेको नुवाकोटका एसपी शान्तिराज कोइरालाले खबरहबलाई बताए ।

‘सूर्यचौर डाँडामा ठोक्किएर हेलिकप्टर दुर्घटनामा परेको रहेछ । प्रहरीको एउटा टोली अहिले त्यहाँ पुगेर हेलिकप्टरमा लागेको आगो निभाउँदैछ’, उनले खबरहबसँग भने, ‘हामी जिल्ला सुरक्षा प्रमुखहरूको टोली पनि घटनास्थलमा जाँदैछौँ । केही यात्रुको पनि ज्यान गएको खबर हामीलाई आएको छ ।’

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ५७ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले