नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, प्रहरी पुग्दै « Khabarhub

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, प्रहरी पुग्दै


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


62.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ।

दुर्घटनास्थलमा हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएपछि अहिले प्रहरी त्यहाँ पुग्दैछ ।

शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटनामा परेको नुवाकोटका एसपी शान्तिराज कोइरालाले खबरहबलाई बताए ।

‘सूर्यचौर डाँडामा ठोक्किएर हेलिकप्टर दुर्घटनामा परेको रहेछ । प्रहरीको एउटा टोली अहिले त्यहाँ पुगेर हेलिकप्टरमा लागेको आगो निभाउँदैछ’, उनले खबरहबसँग भने, ‘हामी जिल्ला सुरक्षा प्रमुखहरूको टोली पनि घटनास्थलमा जाँदैछौँ । केही यात्रुको पनि ज्यान गएको खबर हामीलाई आएको छ ।’

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  २ : ५७ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर