मंगलबारको करेक्सनपछि १०८ अंकले बढ्यो नेप्से, कारोबार कति ? | Khabarhub Khabarhub

मंगलबारको करेक्सनपछि १०८ अंकले बढ्यो नेप्से, कारोबार कति ?


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबारको करेक्सनपछि आज बढेको छ । बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेको छ । आज पुरै बजार खुलेदेखि नै बढेको हो । 

आज बजार खुलेको ११ मिनेटपछि घट्न सुरु भएको बजार १३ मिनेटसम्म घटेको थियो । त्यसपछि बढ्न थालेको बजार निरन्तर बढेको थियो । बजार बन्द हुने बेलासम्ममा नेप्से ४.०८ प्रतिशतले बढेर बन्द भएको छ । 

बजार बढेको भएपनि कारोबार भने मंगलबारको तुलनामा ६ अर्बले घटेको छ । बुधबार १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो मंगलबार २३ अर्ब बढीको कारोबार भएको थियो । 

आज नेप्सेमा बढोत्तरीसँगै १३ वटा सबै समूहमा पनि हरियाली देखिएको छ । आज प्रतिशतको आधारमा सबैभन्दा बढी अन्य समूह ७.८९ प्रतिशतले बढेर २३३४.७५ विन्दुमा पुगेको छ । 

त्यस्तै फाइनान्स समूह ७.६३ प्रतिशतले बढेर ३३६०.५९ विन्दुमा, हाइड्रो ५.७२ प्रतिशतले बढेर ३४३२.३२ विन्दुमा, होटल एण्ड टुरिजम ५.१३ प्रतिशतले बढेर ७५२३.३० विन्दुमा पुगेको छ । आज सबैभन्दा बम बढ्नेमा म्युचअल फण्ड रहेको छ । जुन समूह १.०१ प्रतिशतले बढेर २१.७१ विन्दुमा पुगेको छ । 

आज ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ वटा कम्पनीको शेयर मूल्य मात्र घटेको छ । बाकी २३९ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन । 

आज १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप १० वटा कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट भने लागेको छैन । 

आज ३३० वटा कम्पनीको २ लाख १२ हजार ६८१ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : २८ बजे

 आजका समाचार : भ्रष्टाचार गर्ने नेताको रेकर्ड राख्न प्रधानमन्त्रीको आग्रह, खेर जाँदै ७०० मेगावाट बिजुली र भारतको मणिपुर आतंकित

कर्मचारीहरूलाई प्रधानमन्त्रीले भने : भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्न थाल्नुस्

‘संगठित अपराधलगायत बहुआयामिक चुनौती सामना गर्न सहकार्य आवश्यक’

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतंकवादलगायतका

बाँदर आतंकबाट जोगाउन काष्ठफल खेती

गल्याङ– बाँदर आतंकले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई

कास्की– पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि

केरा खेती मासेर व्यवसायीक मकै खेती

बेलबारी– कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष