मंगलबारको करेक्सनपछि १०८ अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

मंगलबारको करेक्सनपछि १०८ अंकले बढ्यो नेप्से, कारोबार कति ?


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबारको करेक्सनपछि आज बढेको छ । बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेको छ । आज पुरै बजार खुलेदेखि नै बढेको हो । 

आज बजार खुलेको ११ मिनेटपछि घट्न सुरु भएको बजार १३ मिनेटसम्म घटेको थियो । त्यसपछि बढ्न थालेको बजार निरन्तर बढेको थियो । बजार बन्द हुने बेलासम्ममा नेप्से ४.०८ प्रतिशतले बढेर बन्द भएको छ । 

बजार बढेको भएपनि कारोबार भने मंगलबारको तुलनामा ६ अर्बले घटेको छ । बुधबार १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो मंगलबार २३ अर्ब बढीको कारोबार भएको थियो । 

आज नेप्सेमा बढोत्तरीसँगै १३ वटा सबै समूहमा पनि हरियाली देखिएको छ । आज प्रतिशतको आधारमा सबैभन्दा बढी अन्य समूह ७.८९ प्रतिशतले बढेर २३३४.७५ विन्दुमा पुगेको छ । 

त्यस्तै फाइनान्स समूह ७.६३ प्रतिशतले बढेर ३३६०.५९ विन्दुमा, हाइड्रो ५.७२ प्रतिशतले बढेर ३४३२.३२ विन्दुमा, होटल एण्ड टुरिजम ५.१३ प्रतिशतले बढेर ७५२३.३० विन्दुमा पुगेको छ । आज सबैभन्दा बम बढ्नेमा म्युचअल फण्ड रहेको छ । जुन समूह १.०१ प्रतिशतले बढेर २१.७१ विन्दुमा पुगेको छ । 

आज ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ वटा कम्पनीको शेयर मूल्य मात्र घटेको छ । बाकी २३९ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य स्थिर रहेको छैन । 

आज १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप १० वटा कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट भने लागेको छैन । 

आज ३३० वटा कम्पनीको २ लाख १२ हजार ६८१ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : २८ बजे

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ