तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता « Khabarhub

तेस्रो सेट आफ्नो पक्षमा पार्दै नेपालले लियो २-१ को अग्रता


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयोजक नेपालले भारतरुविद्धको फाइनल भिडन्तमा भारतविरुद्ध २-१ सेटको अग्रता बनाउन सफल भएको छ।

काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट जितेको नेपालले दोस्रो सेट गुमाएको थियो । तर अब नेपालले तेस्रो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको हो ।

यसअघि भारतले दोस्रो सेट २५-१२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट प्रतिस्पर्धासहित आफ्नो पक्षमा पारेको नेपाल दोस्रो सेटमा भारतसँग निरीह भएको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दा भारत दोस्रो सेट २५-१२ ले जितेको थियो ।

नेपालले तेस्रो सेट आफ्नो पक्षमा पार्दै खेलमा २-१ को अग्रता बनाउँदै उपाधि घरमै राख्ने प्रयासलाई बलियो बनाएको हो ।

नेपालले मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो ।

मंगलबार नै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो।

लिग चरणमा नेपालले भारतलाई ३-२ सेटमा हराएको थियो। तर त्यसअघि भने भारतले नेपाललाई लगातार हराइरहेको थियो।

समूह चरणमा घरेलु कोर्टमा भारतलाई हराएको नेपाल त्यही नतिजासहित उपाधि जित्ने दाउमा छ । उता भारत समूह चरणमा भोगेको हारको बदलासहित उपाधि लैजाने योजनामा छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ३३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु