गण्डकीका यातायात कार्यालयको राजस्व घट्यो | Khabarhub Khabarhub

गण्डकीका यातायात कार्यालयको राजस्व घट्यो


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयमा गत आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब ६३ करोड २४ लाख पाँच सय २९ राजस्व सङ्कलन भएको छ ।

बागलुङ, डुम्रे र नवलपुरमा एकरएक र कास्कीमा दुई वटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा रहेको यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

आव २०७८/७९ मा रु दुई अर्ब २४ करोड र २०७९/८० मा रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेका थिए । मन्त्रालयको यातायात शाखाका प्रमुख अनिल सुवेदीले सवारी खरिद/बिक्रीमा भएको गिरावटको असर राजस्वमा परेको बताए । “सवारी करको दर यथावत भए पनि खरिद बिक्रीमा आएको कमीले राजस्व सङ्कलन घटेको हो”, उनले भने।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले यसअघि दैनिक १० देखि १२ वटा सवारीसाधन खरिद बिक्री हुनेमा हिजोआज दैनिक एकरदुई वटामात्र हुने गरेको बताए ।

मन्त्रालयका अनुुसार गत आवमा सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले रु एक अर्ब ४२ करोड ३० लाख ४० हजार छ सय २४ राजस्व सङ्कलन गरेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र कास्कीबाट रु २४ करोड छ लाख २६ हजार छ सय ७९, बागलुुङमा रु १९ करोड १६ लाख नौ हजार नौ सय २८, नवलपुुरमा रु ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ र डुुम्रेमा रु २० करोड चार लाख ७० हजार पाँच सय ९२ राजस्व सङ्कलन भएको छ ।

गोरखामा रु १२ करोड ४७ लाख ५८ हजार सात सय ५७, लमजुङमा रु चार करोड ६१ लाख ११ हजार सात सय ५५ र स्याङ्जामा रु एक करोड २२ लाख २८ हजार दुई सय ४० राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।

सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायत शीर्षकमा राजस्व सङ्कलन भएको हो । यातायात कार्यालय गण्डकी प्रदेश सरकारमा सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने निकायहरू हुन् ।

यातायात कार्यालयको सेवालाई प्रविधिको प्रयोगमार्फत पहुँचयोग्य, झन्झटमुक्त र छरितो बनाउने प्रयास गरेको मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ८ : ५२ बजे

१६ वर्षमा मतदान गर्ने र २५ वर्षमै उम्मेदवार बन्ने व्यवस्थाका लागि कानुन संशोधन गरौँ : प्रदीप पौडेल

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि

प्रधानमन्त्रीले भनिन् : सरकारको खर्च दर सन्तोषजनक भएन, तोकिएको लक्ष्य पूरा गर्न मिहिनेत गरौँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसअन्तर्गतका

गाजामा संयुक्त राष्ट्रसङ्घको प्रस्तावबारे अमेरिका ‘आशावादी’ : रुबियो

ह्यामिल्टन- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजाका

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नति गर्न अनुगमन

महेन्द्रनगर– पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नति गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको

बलिउडका रोमान्स र एक्सन किङ धर्मेन्द्रले मच्चाएको धमाका

काठमाडौं- बलिउड अभिनेता धर्मेन्द्र यतिबेला बिरामी अवस्थामा छन् । स्वास्थ्यलाभ