टीआरसी विधेयकबारे भट्टराई भन्छन् : अब कुनै बाहना नगरियोस् ! « Khabarhub

टीआरसी विधेयकबारे भट्टराई भन्छन् : अब कुनै बाहना नगरियोस् !


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल समाजवादी पाटीं (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संसदका तीन प्रमुख दलबीच सहमति बन्नु सकारात्मक भएको बताएका छन् ।

बुधबार राति सामाजिक सञ्जालमार्फत भट्टराईले छिटो विधेयक पारित गरेर आयोगहरूमा ऐतिहासिक राजनीतिक परिवर्तनको मर्म अनुरूप काम गर्नुसक्ने व्यक्तिहरु छनोट गर्न आग्रह गरेका छन् । उनल आफू प्रधानमन्त्री हुँदा २०६९ मा नै जारी गरिएको विभिन्न बहानामा कार्यान्वयन नगरिएको स्मरण गर्दै उनले अब त्यसो हुन नदिन तत्काल बाँकी काम सुरु गर्नुपर्ने सुझाव उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘१८ बर्षदेखि सत्ता खिचातानी र निहित स्वार्थको चेपुवामा पटक पटक अड्किदै आएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संसदका तीन प्रमुख दलबीच सहमति बन्नु सकारात्मक छ। मैले प्रमको रूपमा २०६९ मा सत्ता हस्तान्तरण गर्नु पहिले तत्काल संसद कायम नरहेका कारण निकै जोडबल गरेर जारी गरेको त्यससम्बन्धी अध्यादेश (कार्यान्वयन भैदिएको भए पनि १२ बर्ष पहिले यो काम सम्पन्न हुनसक्दथ्यो) तर विभिन्न बहानामा गरिएन र यहॉसम्म तन्किदै आयो। अब कुनै बहाना नगरियोस् !’

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ३९ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ