जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमै सर्वोत्कृष्ट « Khabarhub

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमै सर्वोत्कृष्ट


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरिमै सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीबीच भएको कार्यसम्पादन सम्झौतामा ९८ अङ्क प्राप्त गर्दै रुपन्देही सर्वोत्कृष्ट भएको हो ।

गृह मन्त्रालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष सुरुआतसँगै कार्यसम्पादन सम्झौता गर्ने गरेका छन् । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायत ६६ वटा सूचकमा १०० पूर्णाङ्कमध्ये रुपन्देहीले ९८ अङ्क प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

यस्तै ९७ दशमलव पाँच अङ्कसहित पाल्पा जिल्ला प्रशासन कार्यालय दोस्रो, ९७ दशमलव छ अङ्क प्राप्त गरी बागलुङ तेस्रो भएको छ । यस्तै चौथोमा पश्चिम रुकुम ९७ दशमलव पाँच, पाँचौँमा ९७ दशमलव तीन अङ्कसहित मकवानपुर र पर्वत, छैठौँमा गुल्मी ९७, सातौँमा तेह्रथुम ९६ दशमलव आठ, आठौँमा रोल्पा ९६ दशमलव ७५, नवौँमा सोलुखुम्बू ९६ दशमलव पाँच र ९६ दशमलव चार अङ्कसहित १०औँ नम्बर डडेलधुरा पर्न सफल भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबैको साथ र सहयोगले रुपन्देही सर्वोउत्कृष्ट भएको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : ५२ बजे

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै