संविधान दिवस तीन दिन मनाइने « Khabarhub

संविधान दिवस तीन दिन मनाइने

प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ।

संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ।

समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो।

समितिको निर्देशानुसार असोज २ गते सङ्घीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रमअन्तर्गत संविधानका विषयमा केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइएको छ।

त्यस्तै, राष्ट्रियस्तरका छापा सञ्चारगृहहरूलाई संविधान दिवस (राष्ट्रिय दिवस) को उपलक्ष्यमा विशेषाङ्क÷स्मारिका प्रकाशन गर्नाका साथै संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने समितिले निर्णय गरेको छ।

रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक एवं निजी क्षेत्रका अन्य विद्युतीय तथा छापा सञ्चारमाध्यमहरूबाट संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण/प्रकाशन गराउने तथा परिसंवाद कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ।

त्यस्तै, सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थाका कार्यालयहरूको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र र सबै सरकारी तथा गैरसरकारी कार्यालयमा दीप प्रज्वलन गर्ने व्यवस्था मिलाइने छ।

आम नागरिकलाई आ–आफ्नो घरको छत, बरन्डामा राष्ट्रिय झन्डा सजाउन र साँझ दीपावली गर्न आह्वान गर्ने, सम्भाव्य फराकिला सार्वजनिक चोकहरूमा राष्ट्रिय गान र राष्ट्रभक्तिका साङ्गीतिक महोत्सव आयोजना गरिने छ।

आगामी असोज ३ गते नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै बिगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाइँ (स्याल्भो र भली फायर) गरिने छ।

नेपाली सेनाको हेलिकप्टरबाट ‘संविधान दिवस, २०८१’ अङ्कित ब्यानर रिङ्गरोड वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि र ब्यानर प्रदर्शन गर्ने कार्यक्रम छ।

सैनिक मञ्च, टुँडिखेलमा संविधान दिवस, २०८१ को औपचारिक मूल समारोह आयोजना गर्ने र उक्त समारोहमा निर्वाचित जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु, सार्वजनिक तथा सामुदायिक सङ्घसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारीहरू, कर्मचारीहरू तथा सर्वसाधारण समेतको उपस्थितिका लागि आमन्त्रण गरिने छ।

त्यसैगरी, असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थाका कार्यालयहरूको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्रमा दीप प्रज्वलन गर्ने समितिको निर्णय छ।

विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा असोज २, ३ र ४ गते कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको विशिष्ट गौरवमय मौलिक पहिचान तथा विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी समुचित प्रचारप्रसारका लागि परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कूटनीतिक निकायहरुमा पठाइने समितिले जनाएको छ।

यसैगरी, प्रदेश राजधानी (केन्द्र), जिल्ला र स्थानीय तहस्तरका लागिसमेत विभिन्न कार्यक्रम तय गरिएको छ। मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा प्रचारप्रसार र प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा जनस्तरको सहभागितासहित राष्ट्रिय गीतहरुको कार्यक्रम व्यवस्थापन उपसमितिहरुसमेत गठन गरिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा सांस्कृतिक झाँकी व्यवस्थापन, रक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन, काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ग्राउन्ड, कवाज तथा व्यायाम व्यवस्थापन एवं काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति समिति गठन गरिएको छ। रासस

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ६ : १३ बजे

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ

संक्रमणकालीन न्यायका विषय निष्कर्षमा पुराउन सरकार गम्भीर : कानुनमन्त्री

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संक्रमणकालीन