उदाउँदो चन्द्रमालाई अर्घ्य  दिएर चौठचन्द्र पर्व समापन « Khabarhub

उदाउँदो चन्द्रमालाई अर्घ्य  दिएर चौठचन्द्र पर्व समापन


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा गएराति उदाउँदो चन्द्रमालाई अर्घ्य  दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न गरिएको छ ।

श्रद्धा र आस्थाको महान् पर्वका रुपमा मानिएको यो पर्व गए राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अर्घ्य  अर्पण गर्दै सम्पन्न भएको हो । यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि सम्बोधन गरिन्छ ।

प्रत्येक घरका ज्येष्ठ महिलाले शुक्रबार दिनभरि निलाहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेका हुन् । यस पर्वमा फलफूल, मिठाई, दही, पुरी र खीर खाने चलन रहेको छ ।

यस पर्वका लागि तराई मधेसका सम्पूर्ण घरघरमा केरा, स्याउ, नरिवल, अनार, अम्बा, नासपाती, मकै, निम्बु तथा विभिन्न प्रकारका मिठाई र दही दुईतीन दिनपहिले देखि नै जोहो गरेर राखिएको थियो भने शुक्रबार घरका महिलाले दिनभरि घरघरमा पुरी, खीरलगायत वस्तुहरू पकाएर चन्द्रमा भगवानलाई चढाउँदै पर्व सम्पन्न गरेका छन् ।

चन्द्रमा उदाउनासाथ घरका महिलाले आँगनमा लिपपोत गरेर विभिन्न रङ्गोली बनाएर ल्याएका सबै सामग्री राखेर पूजाआजा गरेका थिए ।

महिलाले पूजा सकाएपछि घरका सबै सदस्यले पालैपालो आँगनमा राखिएको विभिन्न फल लिएर चन्द्रमालाई ढोग्ने र विभिन्न वर माग्ने गर्दछन् ।

त्यसपछि घरपरिवारका सबै सदस्यले आँगनमै बसेर प्रसाद ग्रहण गर्ने चलन छ । यस पर्वले घरका सबै सदस्यलाई एकै थलोमा जमघट गराउने र एकै साथ खाना खान लगाउने परम्पराले आपसी सम्बन्ध बलियो बनाउने भएकाले यो लोकप्रिय रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ६ : ४० बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर