इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो « Khabarhub

इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यस वर्षको इन्द्रजात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो गएराति भक्तपुरबाट काठमाडौंको भोटाहिटी पुर्‍याइएकाे छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका‐१० स्थित चित्तपोलको सामुदायिक वनबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिको शुभसाइतमा भक्तपुरको जङ्गलमा काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो गएराति काठमाडौँ पुर्‍याइएकाे केन्द्रीय मानन्धर सङ्घका सदस्य एवं प्रचार संयोजक केके मानन्धरले जानकारी दिए ।

यही भदौ ३० गते आइतबार बिहान ८ बजेर २६ मिनेटमा इन्द्रध्वजोत्थान अर्थात् इन्द्रध्वजासहितको लिङ्गो उठाउन गत बिहीबार बिहान १० बजेर ४७ मिनेटको साइतमा वसन्तपुरबाट भक्तपुर प्रस्थान गरेको केन्द्रीय मानन्धर सङ्घको टोलीले सोही दिन बेलुकी ७ बजे भक्तपुरको चित्तपोलमा पुगेर हनुमानढोका दरबारबाट आएको ब्राह्मणद्वारा पूजा विधि सम्पन्न गरी राति ८ बजेर २७ मिनेटको साइतमा यःसिंको लागि रानी सल्लाको रूख काटिएको थियो ।

शुभसाइतमा पूजा गरेर छाडेको बोकाले जुन रुखमा छुन्छ त्यही रूख काट्ने प्रचलन छ । रूख काट्नुअघि नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मका गुल्मपतिको नेतृत्वमा चित्तपोल पुगेको गुरूजुको पल्टनले सलामी अर्पण गरेको थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय तथा त्रिपुरेश्वरस्थित गुठी संस्थानलाई इन्द्रजात्रा सम्बन्धी विभिन्न सांस्कृतिक गतिविधिको शुभसाइत उल्लेखगरी पठाइएको पत्र बमोजिम सङ्घले इन्द्रध्वज (यःसिं)का लागि रानीसल्लाको रूख काटिएको मानन्धरले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ९ : ४२ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको