पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनेछ : मन्त्री पौडेल « Khabarhub

पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनेछ : मन्त्री पौडेल


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरुवात हुने बताएका छन् । 

उनले शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरुवात हुने बताएका हुन् । 

मन्त्री पौडेलले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत यसै वर्षदेखि एमबीबीएस अध्ययनको तयारी भइरहेको पनि जानकारी दिएका छन् । 

‘अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन–अध्यापनको सुरुवात हुने भएको छ,’ पौडेलले लेखेका छन्, ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत यसै वर्षदेखि एमबीबीएस अध्ययन–अध्ययापन गराउने गरी तयारी भइरहेको छ ।’

मन्त्री पौडेलले आफूले सार्वजनिक गरेको प्राथमिकता र कार्ययोजनामा समावेश नीति तथा कार्यक्रमअन्तर्गत एमबीबीएस अध्ययनको तयारी भएको र नीति तथा कार्यक्रमलाई अन्य अस्पतालमा समेत विस्तार गर्दै लगिने उल्लेख गरेका छन् ।  

‘मन्त्रालयको स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् दक्ष जनशक्ति उत्पादन गर्ने तथा हामीले सार्वजनिक गरेको प्राथमिकता र कार्ययोजनामा समावेश गरेको ३०० शय्याभन्दा माथिका अस्पतालमा क्रमशः एमबीबीएसको अध्ययन–अध्यापन प्रक्रिया सुरु गर्ने विषयलाई कार्यान्वयन गर्दै जाने नीति तथा कार्यक्रमअन्तर्गत मन्त्रालयकै आन्तरिक स्रोतबाट कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भनेका छन्, ‘यस नीति तथा कार्यक्रमलाई अन्य अस्पतालमा समेत विस्तार गर्दै लगिने छ ।’

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  १ : ४७ बजे

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका