एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी « Khabarhub

एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् भने आर्मीका लागि एकमात्र गोल विमला चौधरीले खेलको ५६ औं मिनेटमा गरेकी थिइन् ।

जारी लिगमा एपीएफको यो पहिलो जित हो । पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो । आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो ।

 अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ३ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र