जर्मनीको जंगलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो « Khabarhub

जर्मनीको जंगलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

फ्र्याङ्कफर्ट– मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्निनियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् ।

हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो। स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार ब्रोकेन पर्वतमा करिब १५० अग्निनियन्त्रक, विमान र हेलिकप्टरहरू तैनाथ गरिएको छ र वरपरको क्षेत्र बन्द गरिएको छ।

शनिबार पनि आगोको प्रकोप जारी रहेको र अग्निनियन्त्रकलाई सहयोग गर्न विमान र हेलिकप्टर पुनः पठाइएको जर्मन अधिकारीले बताएका छन् । थप तीन वटा विमान र अर्को हेलिकप्टर पनि यस प्रयासमा सामेल हुने अपेक्षा गरिएको छ ।

अधिकारीले भने, ‘थप विमानका लागि अनुरोध गरिएको छ। अग्निनियन्त्रकहरूले अझै पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।’

पदयात्री र पर्यटकलाई उक्त क्षेत्र छोड्न आग्रह गरिएको छ र शुक्रबार दिउँसो बसमार्फत् ५०० जनालाई सुरक्षित स्थानमा ल्याइएको स्थानीय प्रसारक एनडीआरले जनाएको छ ।

सन् २०२२ को सेप्टेम्बरमा हर्ज पर्वतको जंगलमा भीषण आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन अधिकारीहरूले आपतकालीन अवस्थाको घोषणा गरी सयौँ अग्निनियन्त्रकहरूले केही दिनसम्म दिनरात काम गरेका थिए । 

अन्य देशहरूजस्तै जर्मनीले पनि हालैका वर्षहरूमा गर्मीयाममा उच्च तापक्रम अनुभव गरिरहेको छ।

वैज्ञानिकहरूले मानव–प्रेरित जलवायु परिवर्तनले तीव्र बनाएको बताएको तापक्रम वृद्धिले यस वर्ष पनि संसारभर मौसमी संकटको सामना गरिरहेका छन् । 

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ४ : ५६ बजे

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा