फिल्म ‘लाज शरणम्’को छायाङ्कन डोल्पाबाट सुरु « Khabarhub

फिल्म ‘लाज शरणम्’को छायाङ्कन डोल्पाबाट सुरु


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’को छायाङ्कन सुरु भएको छ । पहिलो चरणको छायाङ्कन शनिबार डोल्पामा सुरु गरिएको हो ।

कलाकार विजय बराल र अर्जुन घिमिरे ‘पाँडे’ले मुहूर्त सर्ट दिएका हुन् । फिल्मका मुख्य कलाकार हरिस निरौला ‘क्रकोच’का अनुसार डोल्पाको छायाङ्कन तालिका २० दिनको रहेको छ ।

दोस्रो चरणको छायाङ्कन काठमाडौं र अन्य केही जिल्लामा हुने हरिसको भनाइ छ । जम्मा ५० दिनमा छायाङ्कन सक्ने निर्माण पक्षको योजना छ ।

फिल्ममा विजय, पाँडे, सागर लम्साल ‘बले’, कमलमणि नेपाल, माला लिम्बू, वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ र अर्पण थापा मुख्य भूमिकामा छन् ।सक्किगोनिका पूर्वकालकार प्रियना आचार्य ‘मुन्नी’ यसै फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दै छन् ।

जेपीटी क्रिएसनको प्रस्तुती रहने यस फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ हुन् । फिल्मका निर्माता नवीन श्रेष्ठ र सह-निर्माता रामनरेश शाह हुन् ।

फिल्मको प्रदर्शन मिति फागुन १४ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ५ : ३३ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा