केरा खेती मासेर व्यवसायीक मकै खेती « Khabarhub

केरा खेती मासेर व्यवसायीक मकै खेती


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

बेलबारी– कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष भन्दा यस वर्ष एक लाख ६२ हजार सात सय ५३ दशमलव ९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।

प्रदेशमा गतवर्ष नौ लाख ७२ हजार ७३ मेट्रिकटन मकै उत्पादन भएकामा यस वर्ष ११ लाख ३४ हजार ८२६ दशमलव ९५ मेट्रिकटन उत्पादन भएको हो ।

गत आर्थिक वर्ष २०७९-८० मा कोशी प्रदेशको दुई लाख ८४ हजार तीन सय ४० हेक्टरमा मकैखेती गरिएको थियो भने आव २०८०-८१ मा दुई लाख ७५ हजार नौ सय ५१ हेक्टरमा मकैखेती गरिएको निर्देशनालयले जनाएको छ । 

 क्षेत्रफल घट्दा पनि उत्पादनमा भने वृद्धि भएको देखिन्छ । अघिल्लो आवमा प्रति हेक्टर ३ दशमलव ४२ मेट्रिकटन मकै उत्पादन भएकोमा पछिल्लो वर्ष प्रति हेक्टर ४ दशमलव ११ मेट्रिकटन मकै उत्पादन भएको निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए । 

उनका अनुसार प्रदेशको १४ जिल्लामध्ये सबैभन्दा कम खोटाङमा प्रति हेक्टर १ दशमलव ८३ मेट्रिकटन र सबैभन्दा धेरै झापामा प्रति हेक्टर ७ दशमलव ८७ मेट्रिकटन मकै उत्पादन भएको छ ।

मकैको उत्पादन बढेसँगै किसान खुसी छन्  । मोरङ बेलबारी १० भाउन्नेकी हिरा अधिकारीले केरा खेती मासेर व्यवसायीक मकै खेती गर्दै आएको बताए। उनले मौसममा डेड बिघा जमिनमा मकै खेती गरेता पनि बेमौसममा आठदेखि १० कठ्ठा जमिनमा छवर्षदेखि मकै खेती गर्दै आएका छन्। 

उनले भने, ‘गत वर्ष सात कठ्ठा जमिनमा लगाएको मकै ९० हजारमा बिक्री भयो ।’

किसान अधिकारी जस्तै बेलबारी–८ राधानगरका महेन्द्र तामाङले १४ कठ्ठा जमिनमा मकै लगाउने गरेका छन् । किसानको घरदैलोमै आएर व्यापारीले आकर्षक मूल्यमा मकै खरिद गर्न थालेपछी खुसी भएको उनी बताउँछन् । 

खाद्यान्न बालीका रुपमा लिइने मकै बाली पछिल्लो समय तराईका जिल्लामा बाह्रै महिना उत्पादन गर्न थालेसँगै नगदे बालीको रुपमा परिणत हुँदै गएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगी बताउँछन् । 

सुकेको मकैभन्दा हरियो मकै बेच्न सक्दा राम्रो आम्दानी हुने गरेको उनले बताए । मकैको माग अत्यधिक रहेको छ, यसलाई फिड बनाएर बेच्न सक्दा अझ राम्रो आम्दानी हुने प्रमुख डाँगी बताउँछन् । परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछी तराई क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रुपमा हाइब्रिड जातको मकैखेती गर्न  थालेका छन् ।

तराइमा विशेषगरी हाइब्रिडअन्तर्गत पर्ने पाइजियर एक्स टि, रामपुर र पहाडमा विशेषगरी उन्नत जातमा रामपुर कम्पोजिट, मनकामना, गणेश साथै स्थानीय जातका मकै रोप्ने चलन रहेको निर्देशनालयका योजना शाखा अधिकृत काजिमान प्रधानले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ६ : ४६ बजे

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा

प्रचण्डको भनाइ स्मरण गर्दै रास्वपा सचेतक परियार भन्छन्- भुइँमा न भाँडोमा हुने छुट छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब